युरोकप: आज इटली र  स्विट्जरल्यान्ड भिड्दै

४ बर्ष अगाडि

युरोकप फुटबल  अन्तरर्गत आज  इटली र  स्विट्जरल्यान्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार मध्यराति १२ः ४५ मा सुरु हुने छ । 

पूर्व विजेता इटलीले पछिल्ला ९ खेलमा लगातार जित हासिल गरेको छ, यसक्रममा उसले २८ गोल गरेको छ भने कुनै पनि गोल खाएको छैन । 

पहिलो खेलमा वेल्ससँग एक–एक गोलको बराबरी खेलेको स्विट्जरल्यान्डले पनि प्रतियोगिताको छनोटमा निकै उत्कृष्ट खेलेको थियो । उसले खेलेका पछिल्ला ६ खेलमध्ये ५ खेल जितेको छ भने एक खेल बराबरीमा टुंगिएको छ ।

स्विट्जरल्यान्डको मिडफिल्डमा ग्रानिट जाका र रेमा फ्रिउलेरजस्ता उत्कृष्ट खेलाडी छन् । तर, रोममा हुने खेलमा घरेलु टोलीविरुद्ध आश्चर्यजनक नतिजा निकाल्नका लागि अग्रपंक्तिमा जर्दन साकिरी र ब्रिइम्बोलो चल्न जरुरी छ ।

 इटलीका सेन्ट्रल मिडफिल्डर मार्को भेराट्टी र फुल ब्याक अलेस्यान्द्रो फ्लोरेन्टी पूर्ण फिट हुन बाँकी रहेकाले आजको खेलमा उपस्थित हुने छैनन् । यस्तोमा म्यान्सिनीले केही खेलाडीको पोसिजन हेरफेर गर्न सक्छन् । फ्रान्सिस्को एरेबी र फेडरिको चेइसा यसका लागि तयार छन् । अग्रपंक्तिमा गोलको खाता खोल्दै सिरो इम्मोबाइल र सिरो इन्जाघीले उत्कृष्ट सुरुवात गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया