मल्टीकास्ट लिएर एक्सन फिल्म बनाउन रुचाउने निर्देशक मुकुन्द भट्टले निषेधाज्ञाभन्दा अगाडि ‘एक्स ९ लेभल १’ नामक फिल्मको घोषणा गरेका थिए ।
‘एक्स ९’ मा नायकको अफर अभिनेता अनमोल केसीलाई गरिएको छ । अनमोल फिल्म गर्न तयार रहेको र अहिले वर्कआउट गरिरहेको मुकुन्दले जानकारी दिए । उनले फिल्मका लागि ‘कृ’ बराबरको शरीर बनाउनु पर्नेछ ।
फिल्मका लागि भिलेनको अफर भने बलिउड सुपरस्टार सुनील शेट्टीलाई गरिएको छ । करीब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको निर्देशक भट्टले बताए । उनले भने, ‘उहाँ फिल्मलाई लिएर सकारात्मक हुनुहुन्छ । सम्भवतः चाँडै कागजी सम्झौता हुनेछ । उहाँले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा एक हप्तामा उहाँको भागको सम्पूर्ण दृश्य खिच्ने छौं ।’
उनका अनुसार, एक हप्तामा सुनील शेट्टीलाई करीब ४० लाख पारिश्रमिक तिर्नुपर्नेछ । तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आउनेछन् । उनी यसअघि पनि घुमघामका लागि नेपाल आइसकेका छन् । फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्न पहल गरिने भट्टले बताए । फिल्मको कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक रहेका छन् ।
प्रतिक्रिया