ज्यानको भन्दा पार्टीको चिन्ता: दिल्ली जानुअघि खनालले भने ‘‘पार्टी मिलाउनुस् कमरेड’’ !

४ बर्ष अगाडि

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । 
थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए  । ‘‘पार्टी मिलाउनुस् कमरेड।’’ भनी नेता खनालले महासविच पोखरेललाई आग्रह गरेको  महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । 

एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनिलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए  ।

४ बर्ष अगाडि

प्रतिक्रिया