मनाङको चामेमा बाढीका कारण ३ सय परिवार विस्थापित भएका छन् । बजारबाट बग्ने दुईवटा ठाडो खोला र मर्स्याङ्दी नदीको जलस्तर अत्यधिक माथी गएपछि चामे बजार क्षेत्र थ्रेटमा परेको मनाङका प्रजिअ विष्णु लामिछानेले बताए ।
‘३ सय परिवार कारागारको नव निर्मित भवनमा आश्रय लिएर बसेका छन्’ प्रजिअ लामिछानेले भने–‘ताल भन्दा तलको बस्ती पुरै डुबानमा छ ।’
तिलिचो तालभन्दा लतको बस्ती डुबानमा परेपछि त्यहाँका स्थानिय डाँडामा आश्रय लिएर बसेका छन् । काठमाडौंबाट राहत लिएर मनाङ जान लागेको हेलिकप्टर खराब मौसमका कारण उड्न सकेको छैन् ।
‘खराब मौसमका कारण काठमाडौंबाट हेलिकप्टर आउन सकेको छैन’ प्रजिअ लामिछानेले भने–‘विस्थापित परिवारका लागी काठमाडौं बाट राहत ल्याउँदै छौं ।’
अपर मर्स्याङ्दीको न्याओल भन्ने स्थानमा पनि पहिरोको जोखिम बढेको छ । प्रशासनले त्यहाँका मानिसलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै राप्ती नदीको बीचमा टापुमा फसेका ४ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । लमही नगरपालिका–७ हसनापुर र राजपुर गाउँपालिका–२ स्थित राप्तीको टापुमा मंगलबारदेखी अलपत्र परेकाको उद्धार गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
अलपत्र परेको १९ घण्टापछि सशस्त्र प्रहरीले लमही घर भएका मन्सराम चौधरी, राजपुर घर भएकी सावित्री यादव, राधेश्याम यादव र गणेश यावदलाई उद्धार गरेको हो । बस्तु चराउन गएका उनिहरु अविरल बर्षासँगै राप्तीमा बढाव बढेपछि अलपत्र परेका थिए ।
सशस्त्र प्रहरीको नम्बर–१९ ज्वालामाई गणका एसपी टोप बहादुर खनाल र नम्बर–४१ रिजर्व गण चन्द्रौटाबाट खटिएका एसपी यादव विश्वकर्माको टोलीले उनिहरुलाई उद्दार गरेको हो । करिब ५० वटा गाई बस्तु अझै सो टापुलमा अलपत्र छन् ।
प्रतिक्रिया