केहि दिन अघि क्रिस्टियानो रोनाल्डोले युरो कपको पत्रकार सम्मेलनमा आफ्नो अगाडि टेबलमा राखिएको कोकोकोलाको बोतल रिसाउँदै हटाएका थिए ।
कोकाकोला यस प्रतियोगिताको आधिकारिक स्पोन्सर हो र उसले बोतल सबैले देख्ने ठाउँमा राखेको थियो । तर रोनाल्डोलाई त्यो मन परेन अनि उनले त्यसलाई हटाए र छेउमै रहेको पानीको बोतल उठाएर पानि पिउन आग्रह गरे ।
तर रोनाल्डोको त्यो सानो हर्कतको असर कोकाकोलाको सेयर मूल्यमा परेको छ ।
यसले कोकको बजार मूल्यमा १ दशमलल ६ प्रतिशत अर्थात् ४ विलियन अमेरिकी डलरले गिरावट आएको छ । रोनाल्डोको यो ब्यबहारपछि कोकको सेयर मूल्य ५६.१० डलरबाट ५५.२२ डलरमा झरेको हो । उसको बजार मूल्य २४२ विलियन डलरबाट २३८ विलियन डलरमा झरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।
त्यसपछि कोककोला कम्पनीले एक विज्ञप्ति जारी गर्दै हर कोही स्वाद र आवश्यकता अनुसार आफ्नो पेय पर्दाथ छनोट गर्न लागि हकदार रहेको बताएको छ ।
प्रतिक्रिया