दोर्दी खोलाले बगायो १५ घर, गाउँ छिर्ने बाटो क्षति भएका कारण राहत र उद्दारमा कठिनाइ

५ बर्ष अगाडि

काठमाडौं - लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ ।

बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध भएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।

बाढीका कारण स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायत सबै बगाएको वडाध्यक्ष घलेले बताए । बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएकाले आवतजावत नै बन्द भएको उनले जानकारी दिए । 

राहत तथा उद्दारका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको तर, गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएकाले कठिनाइ भएको वडाध्यक्ष घलेले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया