इजरायलद्वारा गाजामा पुनः हवाइ हमला

५ बर्ष अगाडि

एजेन्सी - इजरायलले पुनः गाजामा हवाइ हमला गरेको छ । विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ ।

बुधबार बिहान इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले गाजा सहरमा खान युनुस र हमासको क्षेत्रमा निशाना बनाइ हमला गरेको बताएको छ । 

अहिलेसम्म हवाइ हमलाले नोक्सान पुर्‍याएको बारेमा केही जानकारी मिलेको छैन । मे २१ मा इजरायल र गाजाबीच युद्धविराम भएको थियो । 

इजरायल र गाजाबीच संघर्ष हुँदा २५६ प्यालेस्टाइनी र १२ इजरायलीको ज्यान गएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया