मेलम्ची बाढी अपडेट : ७ जनाको मृत्यु, उद्धारका लागि २५० जना सेना र प्रहरीको टोली मेलम्ची पुग्यो

५ बर्ष अगाडि

काठमाडौँ - अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीका कारण बेपत्ता भएका हरुकोे उद्धारका लागि तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ । 

बाढीले तनसनहस पारेको क्षेत्रमा हेलिकोप्टर पुगेको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए । मेलम्चीमा हिजो साँझदेखि बाढी गएको हो । 

तर राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन । बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।

निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको छ । हेलम्बुमा घर, टहरा, फार्म, पुललगायत संरचना बाढीले बगाएको उनले बताए । हेलम्बुमा पानीको बहाब बढेकाले जान सकिएको नसकिएको उनले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया