मेलम्ची बाढी : ४० जना बढी बेपत्ता, खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम क्षतिग्रस्त

५ बर्ष अगाडि

काठमाडौं – अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची ९इन्द्रावती० नदीमा आएको बाढीका कारण ४० जनाभन्दा बढी बेपत्ता भएका छन् । 

नदी तटीय क्षेत्रमा भएका भण्डारी रिसोर्ट तथा इको रिसोर्टसहित केही रिसोर्ट तथा आधा दर्जनभन्दा बढी माछा फर्म बगाएको स्थानीय अर्जुन भण्डारीले बताए ।

बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । 

बाढीका कारण मेलम्ची खोलामा रहेको चोक्पु तथा फट्टेको पक्की पुल बगाएको छ । त्यसैगरी जिल्लाको उत्तरी भाग तिपेनी बजार तथा पाँचपोखरी जोड्ने पक्की ता झोलङ्गे पुलसमेत बगाएको जिल्ला समन्वय समिमितका सभापति कृष्णगोपाल तामाङले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया