अक्षय कुमारको बहुप्रतिक्षीत फिल्म ‘बेल बटम’ जुलाई २७ मा रिलिज हुदैँ

४ बर्ष अगाडि

काठमाडौं, कोरोना महामारीको समयमा छायांकन भएको बलिउड अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतिक्षीत फिल्म ‘बेल बटम’ सिनेमा घरमा नै रिलिज हुने भएको छ । 

फिल्म २७ जुलाईमा रिलिज हुने अक्षय कुमार स्वयंले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । फिल्मको रिलिज डेट घोषणा गर्न पाउँदा आफूलाई अत्यन्त खुसी मिलेको उनले बताएका छन् । यो फिल्मका लागि भारतीय १ सय १७ करोड पारिश्रमिक बुझेका उनले हालै ३० करोड पारिश्रमिक घटाएको बताइएको छ । 
 
फिल्मको कहानी वास्तविक घटनामा आधारित छ । असीम अरोडा र परवेज शेखद्वारा लिखित फिल्ममा अक्षयका अलावा वाणी कपूर, लारा दत्ता, हुमा कुरेशी, आदिल हुसेन लगायतको पनि मुख्य भूमिका छ । प्लेन हाइज्याकको घटना देखाउने फिल्ममा लारा दत्ताले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको रोल निभाएकी छन् । फिल्ममा अक्षय रअ एजेन्टको भूमिका निर्वाह गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया