प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार

७ बर्ष अगाडि

काठमाडौं–युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । स्मरण रहोस् सो संस्थाले काठमाडौंमा गरेको  एसिया प्यासिफिक सम्मेलन– २०१८ विवादमा तानिएको छ । 
सोही संस्थाले नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरेको हो । पुरस्कारको राशी एक लाख डलर छ । 
कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे । 
सुशासनबाटै समृद्धि सम्भव 
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताएका छन् ।
काठमाडौंमा आज सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन बिना विकास सम्भव हुन नसक्ने बताए । उनले  सरकार जनसेवाका सबै क्षेत्रहरुमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताए ।  “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिता बिना सुशसन सम्भव छैन,” उनले भने, “हामीले संविधानमै आवधिक निर्वाचन, कानुनको सम्मान र कानुनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौं ।”
प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुन सक्ने बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया