विजय लघुवित्तले २३ हजार ५२९ कित्ता संस्थापक शेयर विक्री गर्दै

५ बर्ष अगाडि

काठमाडौं,  विजय लघुवित्त वित्तीय संस्थाले २३ हजार ५२९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । 

उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता  कम्पनीका हाल कायम संस्थापक शेयरधनीहरुलाई भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र केन्द्रीय कार्यालय गैंडाकोटमा बुझाउन  कम्पनीले भनेको छ । 

तोकिएको समयभित्र हाल कायम रहेका संस्थापक शेयरधनीको निवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया