युरोकप फुटबलमा आज समूह एफ का दुई खेल हुँदैछन्। पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।
पोर्चगल र हंगेरीबीचको खेल नेपाली समयअनुसार राति ९ः ४५ बजे शुरू हुनेछ । साविक विजेतासमेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टको पुस्कास एरिनामा खेल्दैछ।
दोस्रो खेलमा साबिक उपविजेता तथा २०१८ को विश्वकप विजेता फ्रान्सले जर्मनीविरुद्ध राति १२ः ४५ बजे खेल्दैछ। खेल जर्मनीको म्युनिखस्थित एलिनाज रंगशालामा हुँदैछ।
प्रतिक्रिया