लुम्बिनी प्रदेश: आज ३८ अर्बको बजेट सार्वजनिक गर्दै

५ बर्ष अगाडि

लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउँदै छ। आज दिउँसो ३ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८र७९ को वार्षिक बजेट प्रस्तुत गर्ने  भएका छन् । 

यसअघि मुख्यमन्त्री शंकर पोखरेलले नै लगातार ३ पटक बजेट पेस गरेका थिए । प्रदेश आज चौथो पुर्ण बजेट  १ महिना अघि भौतिक योजना मन्त्रालयबाट परिवर्तन भएर आर्थिक मामिला मन्त्री बनेका बैजनाथ चौधरीले ३८ अर्बको हाराहारीमा बजेट आउने छन् । 


चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएकोमा अहिले यो वर्ष २ अर्बको हाराहारीमा बजेटको आकार बृद्धि हुने  अनुमान गरीएको  आर्थिक मामिला मन्त्रालयका एक अधिकारीले बताए ।

 संघीय सरकारको अनुदानमा केहि बृद्धि भएकाले पनि बजेटको आकार बृद्धि भएको उनको भनाई रहेको छ । प्रदेश सरकारले निति तथा कार्यक्रमा  अनुसार  नै कोरोना महामारी नियन्त्रणका लागि उपचार, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारले जनाएको छ। 

मन्त्री बैजनाथ चौधरीले सरकारले पुराना र गौरवका आयोजनालाई सक्ने गरि बजेटको व्यवस्था गरिएको तर, नयाँ ठूला आयोजना भने नथपिएको मन्त्री चौधरीले बताए।

विगतदेखि नै कृषिलाई प्राथमिकतामा राखेको लुम्बिनीले यो पटक पनि प्राथमिकतामै राखेको  हो । लुम्बिनीमा विपक्षी गठबन्धनले सरकारसँग बहुमत नभएको भन्दै निति तथा कार्यक्रम र बजेट ल्याउन नसक्ने  बताएपनि प्रदेश सरकारले स्पष्ट बहुमत रहेको भन्दै निति तथा कार्यक्रम पनि पारित गरेको छ । भने आज बजेट पेस गर्ने छ । मन्त्री चौधरीले बजेट पनि ढुक्कले पारित हुने बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया