विश्व टेस्ट च्याम्पियनशिप फाइनल विजेताले  १६ लाख अमेरिकी डल पाउने

४ बर्ष अगाडि

 विश्व टेस्ट क्रिकेट च्याम्पियनशिप फाइनल विजेता टोलीले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका  छन्। अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले टेस्ट च्याम्पियनशिपको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने घोषणा गरेको हो । 

प्रतिस्पर्धा आगामी जुन २२ देखि जुन २६ सम्म इङ्ल्यान्डमा आयोजना हुदैँ छ । न्युजिल्यान्ड र भारतले आगामी शुक्रवारबाट शुरू हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्दै छन्।

फाइनल खेलको उप–विजेता टोलीले भने ८ लाख अमेरिकी डलर पुरस्कार पाउने  छ।  दुई टोली बिचको फाइनल खेल बराबरीमा सकिएको खण्डमा भने दुवै टोलीले संयुक्तरूपमा टेस्ट च्याम्पियनशिप उपाधि उचाल्न पाउने  छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको अस्ट्रेलियाको टोलीले ४.५ लाख , चौथो स्थानमा रहेको इङ्ल्यान्डले ३.५ लाख, पाँचौं स्थानमा रहन सफल पाकिस्तानले २ लाख, र  छैटौं, सातौं, आठौं र अन्तिम स्थानमा क्रमशः प्रतियोगिता अन्त्य गरेका दक्षिण अफ्रीका, वेस्ट इन्डिज, श्रीलंका र बंगलादेशले समान १ लाख अमेरिकी डलर पाउने भएका छन्।
 

४ बर्ष अगाडि

प्रतिक्रिया