काठमाडौं उपत्यकामा सरकारले थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याएको छ । कोरोना भाइरस संक्रमण पछिल्ला केही दिन यता घटेपछि जोखिम भने रहिरहेकाले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हिजो राति बाट सकिँए संगै आज बाट केहि खुकुलो बनाइएर निषेधाज्ञा लम्ब्याएको हो।
अब खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ । पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो ।
त्यस्तै हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न मिल्ने छ । साथै होटल व्यवसायीले पनि अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ ।
यस्तै उपत्यकाका तीन जिल्लासहित देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गते सम्मका लागि विस्तार गरिएको छ ।
गृह मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
यस्तै दार्चुलामा असार १०, पर्सामा ६, गोरखामा ५, चितवनमा ३, रामेछाप २, हुम्ला २, धनकुटा ३ र भोजपुरमा २ गतेसम्म यसअघि लगाइएको निषेधाज्ञा कायमै छ ।ती जिल्लाहरूमा पनि एक साता थपेर निषेधाज्ञा लम्ब्याएर सार्वजनिक सेवा खुकुलो बनाइने योजना छ ।
प्रतिक्रिया