मनसुन थप सक्रिय: यी स्थानमा भारी वर्षा हुने

५ बर्ष अगाडि

नेपालमा पछिल्ला केहि दिन यता मनसुन सक्रिय बनेको छ । यतीखेर देशभरी  पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार आज (मंगललार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी  वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी  वर्षाको समेत सम्भावना छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया