निर्मलाको पक्षमा विप्लवको पार्टी पनि सडकमा

७ बर्ष अगाडि


काठमाडौं– विप्लव नेतृत्वको नेकपाले आइतबार कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छ । 
हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दवाव स्वरुप नेकपाले प्रदर्शन गरेको हो । 
राजधानीमा भएको प्रदर्शनका क्रममा विप्लवका नेता कार्यकर्ताले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । 
पन्तको हत्यारालाई कारबाहीको माग गर्दै राजधानीमा दिनहुँजसो विभिन्न राजनीतिक दल, अभियन्ता र अधिकारकर्मीहरुले प्रदर्शन गर्दै आएको अवस्थामा नेकपा पनि सडकमा निस्किएको हो । 
पन्तको गत साउन १० मा बलात्कारपछि हत्या भएको अवस्थामा शब फेला परेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया