बेलायतमा थप चार साता लकडाउन

५ बर्ष अगाडि

एजेन्सी - बेलायतमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन अझै पूर्णरुपमा नहट्ने भएको छ ।

यसअघि जुन २१ बाट पूर्णरुपमा लकडाउन हटाउने तयारी गरिएको भए पनि वरिष्ठ मन्त्रीहरुले थप चार साता लकडाउन थप गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

बेलायतमा जुन २१ मा लकडाउन हटाउँदा संक्रमण बढ्न सक्ने जोखिम रहेको भन्दै विज्ञहरुले लकडाउन तत्काल नहटाउन सुझाव दिएका थिए ।

विज्ञहरुले पछिल्लो समय भारतमा सबैभन्दा पहिला फेला परेको डेल्टा भेरियन्टको संक्रमण नियन्त्रणका लागि पनि लकडाउन अझै लम्ब्याउँदै मानिसहरुलाई कोरोना खोपको लागि प्रेरित गर्नुपर्ने बताएका छन् ।

डेल्टा भेरियन्ट बेलायतमा भेटिएको अल्फा भेरियन्टभन्दा ६० प्रतिशत बढी संक्रामक मानिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया