काठमाडौं - ४ लाख ३२ हजार ६ सय रुपैयाँ नगद सहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासीको कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुका साथबाट नगद सहित र ४ बुक तास सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया