कुटपिट गरि फालेको अवस्थामा एक महिला फेला

५ बर्ष अगाडि

काठमाडौं - रौतहट जिल्लामा एक महिलालाई ज्यान मर्ने उद्देश्यका साथ कुटपिट गरि फालेको अवस्थामा भेटिएको छ ।

रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं ५ टोल मिठुआवामा बस्ने सरपति देबीलाई ज्यान मर्ने उद्देश्यले कुटपिट गरि फालेको अवस्थामा भेटिएको हो ।

स्थानीयहरुले महिलालाई फालेको अवस्थामा देखेर प्रहरीलाई जनकारी गराएका थिए । घाइते महिलाको चन्द्रपुरस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । उक्त महिलाको जिउ र टाउकोमाथि धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाको डिएसपी द्वारिका घिमिरेले जनकारी दिएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया