मनसुन देशभर फैलियो, अधिकांश स्थानमा वर्षा

५ बर्ष अगाडि

काठमाडौं - आइतबारबाट शुरु भएको यो वर्षको मनसुन देशभर नै फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन यो हप्ता सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाले बाढी तथा पहिरो आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया