उपत्यकामा दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने, ललितपुरमा १२ दिन बिराएर आउने

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । 

मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमिट आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले पानी आउने सूचीमा फेरबदल गरेको लिमिटेडले जनाएको छ ।

नयाँ तालिका अनुसार थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ । केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।

बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सैबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने भएको छ । सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइने केयुकेएलले जनाएको छ ।

मेलम्ची आयोजनाका अनुसार मर्मत संहारको लागि २ महिना लाग्ने अनुमान गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया