काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को सम्पूर्ण कार्य सकेर आगामी साउन १५ भित्र नतिजा प्रकाशन गर्ने गरी कार्यसूची बनाएको छ ।
विद्यालयले गरेको विद्यार्थीको आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारीका साथ काम सुरु हुने बोर्डले जनाएको छ ।
बोर्डले विद्यार्थी मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको हो । सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकन हुनेछ ।
विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकन विद्यालयले नै गरे पनि नतिजा प्रकाशन, प्रमाणपत्र जारीलगायतको काम राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ ।
बोर्डले यस पटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई केही फरक गर्दै मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाएको छ । सोअनुसार विद्यार्थीको अन्तिम मूल्यांकन गर्न विद्यालयमा पाँच सदस्यीय समिति बनाउनु पर्नेछ ।
प्रतिक्रिया