क्रियाशील पत्रकारले क्यामेरा र ल्यापटप खरिदका लागि अनुदान पाउने

५ बर्ष अगाडि

काठमाडौं– कर्णाली प्रदेशका क्रियाशील पत्रकारले क्यामेरा र ल्यापटप खरिदका लागि अनुदान पाउने भएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ल्यापटप र क्यामेरा खरिदमा ५० प्रतिशत अनुदान दिने बचन दिएका हुन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा पत्रकारका लागि कुनै पनि कार्यक्रम नसमेटिएको भन्दै संसदीय मामिला पत्रकार समाजले आइतबार मुख्यमन्त्री शाहीलाई भेटेरै गुनासो राखेको थियो ।  सो पश्चात मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  नीति तथा कार्यक्रमम छुटे पनि आर्थिक वर्ष २०७८र०७९ को बजेटमा यस्तो कार्यक्रम समेट्ने प्रतिवद्धता व्यक्त गरेको संसदीय मामिला पत्रकार समाजका प्रदेश अध्यक्ष शेरबहादुर थापाले बताए ।

उनले मुख्यमन्त्रीले पत्रकारका लागि अरु पनि कार्यक्रम ल्याउने तयारी भएको बताएका छन् ।

मुख्यमन्त्री शाहीले यससँगै कर्णालीमा कलम चलाउने पत्रकारका लागि लेखन वृत्ति दिन आवश्यक बजेट व्यवस्था गर्ने पनि बताएका छन् ।  ‘त्यो मध्ये बढीमा एक सय जना पत्रकार हरेक वर्ष छनौट हुनेछन् । उनीहरुले प्रदेश सरकारका काम कारवाही बारेमा आवश्यक स्टोरी लेखन गर्नुपर्ने हुन्छ शाहीले भने ।

५ बर्ष अगाडि

प्रतिक्रिया