काठमाडौं– काठमाडौं उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामाग्री बेच्ने पसल खोल्न दिने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय सँगै हार्डवेयर पसल खोल्न दिने निर्णय गरेका हुन् ।
‘हार्डवेयर पसल दिउँसो ४ बजेपछि खोल्न दिने निर्णय गरेका छौं’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीसँग भने । निषेधाज्ञाबारे निर्णय लिने बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।
प्रतिक्रिया