काठमाडौं, देशभर पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त भएका छन्।
देशभर हाल ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २११ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
यीमध्ये १ हजार १ सय जनाको सघन कक्षमा उपचार भइरहेको छ। सघन कक्षकामध्ये ३४७ जना भेन्टिलेटर सहायतामा छन्।
हालसम्म ५ लाख ३१ हजार १०५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये पिसिआरबाट ३२ लाख १४ हजार ७२५ जनाको परीक्षण भएको हो।
प्रतिक्रिया