पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना संक्रमित थपिए, ४६ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना संक्रमित थपिएका छन्।

पीसीआर परीक्षणबाट एक हजार ६९४ र एन्टीजेन परीक्षणबाट ७१३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, सोही अवधिमा नेपालमा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया