नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक

७ बर्ष अगाडि


काठमाडौं– नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बङगलादेशसंग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक काठमाडौंमा वस्न लागेको हो ।  

वैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्नेछ ।  उर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काअनुसार नेपाल–बङगलादेशबीचको जोइन्ट इनर्जी स्टेरिङ कमिटीको वैठक सोमबार र मंगलवार वस्ने तय भएको हो ।

वैठकमा सहभागी हुनको लागी वङगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यिय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै आईतबार काठमाडौं आईपुग्नुभएको छ ।  

नेपालको तर्फबाट भने उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रालयका सचिव अनुप कुमार उपाध्यायले वैठकमा नेतृत्व गर्नुहुनेछ । त्यसैगरी सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको वैठक समेत तय भएको छ । उक्त वैठकमा नेपालको तर्फबाट सहसचिव दिनेश घिमिरेले वैठकको नेतृत्व गर्नुहुनेछ भने बङगलादेशको तर्फबाट भने पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले गर्नुहुनेछ ।  
 

वैठकमा क्रस वोर्डर इन्टर कनेक्शनसम्बन्धी छलफल हुनुका साथै विद्युत व्यापारवारे समेत दुवैपक्षबीच वार्ता हुनेछ । 

त्यसैगरी नविकरणीय उर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बङगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट ५ सय मेगावाट विजुली बङगलादेशले खरिद गर्नेबारे समेत वैैठकमा छलफल हुने बताइएको छ । 

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ को  गत सेप्टेम्बरमा भएको वङगलादेश भ्रमणमा पनि दुवै देशबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागी छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताउनुभएको थियो । 

मन्त्री पुन उर्जामन्त्रीका रुपमा आईसकेपछि नै वङगलादेशसंग उर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो ।  काठमाडौंमा भएको उक्त समझारीमा वङगलादेशका तर्फवाट उर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गर्नुभएको थियो । 

उर्जामन्त्री पुनले नेपालको जलविद्युत बङगलादेशलाई बेच्ने वातावरण आफुले बनाउने दावी गर्दै आउनुभएको छ । उहाले नेपालमा उत्पादीत विजुलीको खपतका लागी आन्तरीक वजार बनाउनुका साथै क्षेत्रीय वजार निर्माणका लागी समेत पहल गरिरहनुभएको छ । मन्त्री पुनकै पहलमा चीन र बङगलादेशसंग इनर्जी कोअपरेशनमा हस्ताक्षर भएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया