काठमाडौं– साधारण शेयर जारी गर्न अनमुति दिने र हकप्रददेखि फरदर पब्लिक अफरको स्वीकृतिमा मात्रै ध्यान दिएको र अरु नीतिगत विषयमा चुप बसेको, बजारमा भइरहेको अराजक र गैरकानुनी कारवाहीलाई नियन्त्रण गर्न मौन बसेको जस्ता आरोप लाग्ने नेपाल धितोपत्र बोर्डपछिल्लो समयमा आक्रामक रुपमा प्रस्तुत भएको छ ।
धितोपत्र बजार एकपछि अर्को गर्दै आरालो लागिरहेको बेला बोर्डका पछिल्ला गतिविधिले बजारलाई नियमअनुसार चलाउन र विधिमा राख्न सहयोग पुग्ने देखिएको छ ।
बजारको नियमक निकायको रुपमा रहेको बोर्डले व्यवस्थित तवरले काम गर्ने हो भने मात्रै पनि बजारमा देखिने अराजक र गैरकानसनी कारवाही नियन्त्रणमा आउन सक्ने देखिएको छ ।
बोर्डले गत २५ गते गलत तवरले नक्कली शेयर कारोबार गर्ने तीन वटा ब्रोकर कम्पनीलाई कारवाही गरेको थियो । चिलिमे जलविद्युत् कमपन िर सानिम माई हाइड्रो पावर कम्पनीको शेयरमा नक्कली कारोबार भएको र त्यसमा ब्रोकर कम्पनी समेत सहभागी भएको पत्ता लागेपछि कारवाहीको दायरामा ल्याएको थियो ।
बोर्डले अग्रवाल र श्रीहरि सेक्युरिटीलाई कारवाही गर्दै रु १०÷१० लाख जरिवाना गरेको थियो । नक्कली शेयर कारोबारमा संलग्न भएको भन्दै सिप्रवी सेक्युरिटीलाई जरिवाना र प्रमुखलाई सचेत गराएको थियो ।
आइतबार पनि पज्ञान सेक्युरिटीको विराटनगर शाखाका प्रमुखले सिभिल बैंकको नाम लिएर शेयर किन्न उचालेको र भाइबरमा समूह बनाएर इन्साइड टे«डिङ गर्न उचालेको भन्दै रु ७५ हजार जरिवाना सहित कारवाही गरेको थियो ।
बोर्डले पछिल्लो पटक बजार घटेपछि ब्रोकर कम्पनी र त्यसका प्रमुखलाई जथाभावी नबोल्न र कारोबारको बारेमा कुनै धारणा सार्वजनिक नगर्न भनेको थियो । आक्रामक रुपमा बजारलाई व्यवीसथत गर्न लागिएको बोर्डका प्रवक्ता निरज गिरिको भनाइ छ ।
लामो समयको अध्ययनपछि मात्रै चिलिमे जलविद्युत् कम्पन िर सानिमा माई हाइड्रो पावर कम्पनीको नक्कली शेयर कारोबार भएको खुलासा भएपछि बोर्डले ब्रोकर कम्पनीलाई सचेत मात्रै बनाएको छैन , नियमानुसार काम नगरे कारवाहीको दायरामा ल्याउने सन्देश समेत दिएको छ ।
बोर्डका अनुसार प्रज्ञान सेक्युरिटीले भाइबरमा सन्देश पठाएर सो कम्पनीका विराटनगर शाखा प्रमुखले सिभिल बैंकको शेयर खरिद गर्न प्रोत्साहित गरेको पाइएकाले कारबाही गरिएको हो । सिभिल बैंकको साधारणसभा अगावै ४० प्रतिशत हकप्रद आउने, शेयर किन्दा राम्रो छ, फाइदा गराउने जिम्मा हाम्रो भयो भन्ने आशयको भाइबरमा म्यासेज ग्रुप बनाएर सन्देश पठाएका थिए ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेख राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय सञ्चालन गर्ने, व्यावसायिक आचरणमा रहनुपर्ने व्यवस्था छ ।
धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसाय सञ्चालन गर्दा आफूले पालन गर्नुपर्ने, व्यावसायिक सिद्धान्तको पालनातर्फ थप सजग गराउने र दोस्रो बजार कारोबार थप व्यवस्थित र पारदर्शी हुन सहयोग पुग्ने छ ।
बोर्डले ब्रोकर कम्पनीलाई आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्नुपर्नेमा सचेत गराएको छ ।
प्रतिक्रिया