काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुट योजना अन्तरगत हालसम्म ४ लाख ३७ हजार बराबरको चामल बेचेको जनाएको छ ।
यस्तो विक्री वितरण जेठ २१ गते २ हजार ३३७ केजी भएको थियो भने २३ गते ३ हजार ८२३ केजी भएको थियो । त्यस्तै २४ गते ७ हजार ५३२ केजी र २५ गते १० हजार ६३ केजी विक्री भएको थियो ।
जेठ २६ गते ११ हजार ३१० केजी गरी कुल ३३ हजार ३० केजी चामल विक्री भएको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने अधिकारीले जानकारी दिइन् ।
यो अवधिमा खाद्यबाट मात्र कुल १ लाख ३७ हजार ४९२ रुपैयाँको छुट भएको अधिकारीको भनाइ छ ।
प्रतिक्रिया