काठमाडौं - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विपद् क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् ।
शनिबार साँझ मुख्यमन्त्री पदको सपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले मनसुन शुरु भएसँगै विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका हुुन् ।
उनले महिलाहरूको स्तन क्यान्सर, पाठेघर र मुखको क्यान्सरको उपचार निःशुल्क गर्ने पनि निर्णय गरेका छन् ।
प्रतिक्रिया