श्रीमानद्धारा श्रीमती माथि एसिड प्रहार

५ बर्ष अगाडि

काठमाडौं - रौतहटको चन्द्रपुर नगरपालिकामा श्रीमानले श्रीमती माथि एसिड प्रहार गरेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि श्रीमान दीपकले एसिड प्रहार गरेको हो ।

घरायसी विवादमा दीपिकालाई दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । 

उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

४२ वर्षीय दीपकलाई प्रहरीले पक्राउ गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया