काठमाडौं - नेपाली काँग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरुले गृहमन्त्री खगराज अधिकारीलाई कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र लिएर गृहमन्त्रालय पुगेका जनसंगठनका प्रतिनिधिले प्रदेश सांसद वैद्यले प्रधानमन्त्रीको ज्यान सुरक्षा माथि धावा बोलेकाले फौजदारी कसुरमा मुद्दा चलाई कारबाही गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताए ।
नेपाली काँग्रेसको तर्फबाट बागमती प्रदेशका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए ।
चौतर्फी आलोचनापछि सांसद वैद्यले आत्मालोचना गर्दै माफी मागिसकेका छन् । नेपाली काँग्रेसले अभिव्यक्ति फिर्ता लिन सांसद वैद्यलाई निर्देशन नै दिएको थियो ।
प्रतिक्रिया