गोरु काटेका अभियोगमा  १० युवा पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - गोरु काटेका अभियोगमा गलकोट  नगरपालिका –११ ठुलपोखरका दश युवा पक्राउ परेका  छन् । 

पक्राउ पर्नेमा गलकोट –११ ठुलपोखरीका ३१ वर्षीय बिष्णु श्रीष, सोही स्थानका ३६ वर्षीय  लालबहादुर श्रीष, ३२ वर्षीय  मोहनश्रीष, ३८ वर्षीय  तुलबहादुर श्रीष र ३० वर्षीय यमबहादुर श्रीष  छन् । यसैगरी ३५ वर्षीय टंक सुनार, २६ वर्षीय  मनोज श्रीष,  ४१ वर्षीय झम काउच , २८ वर्षीय  बल बहादुर बि।क  र ४४ वर्षीय वेलबहादुर श्रीष छन् ।

शुक्रबार राति  गलकोट –११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेरमासु खाएको भन्ने सूचनाका आधारमा  उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

आज उनीहरुलाई जिल्ला सदरमुकाम झिकाइएको  कार्यालयका प्रहरी नायवउपरीक्षक  इकवाल हवारीले जानकारी दिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया