काठमाडौं - मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपालीले केन्द्रीय सरकारको डुब्लिकेट गण्डकी प्रदेशमा भएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्नु अघि उनले भने, 'केन्द्रीय सरकारको डुब्लिकेट यहाँ भएको छ, त्यसको घोर भत्सर्ना गर्छौं ।'
उनले आफ्नो दावेदारी वैधानिक रहेको र मुख्यमन्त्री गुरुङले फेक डकुमेन्ट पेश गरेको पनि आरोप लगाए ।
उनले संवैधानिक प्रकृयालाई 'काइतेु ढंगले, फेक डकुमेन्टका आधारमा नयाँ कोर्सलाई अगाडि बढाउन खोजिएको भन्दै त्यसको प्रतिकार गर्ने जनाएका छन् । 'हामी चार दल र एक स्वतन्त्र सांसदसहित हामीलाई सरकार बनाउन दिनुपर्छ भन्ने हो । भित्र गएर त्यही भन्छौ ।' उनले भने ।
त्यसो नभएमा आगामी दिनमा हामी वैधानिक र कानुनी बाटोबाट अगाडि बढ्ने उनको भनाइ थियो ।
'पृथ्वी सुब्बा गुरुङ जो अस्ति रोस्टममा गएर कबुल गरेर मैले सकिन भनेका थिए । नक्कली जनता समाजवादी पार्टीको नाममा चिठी आयो भनेको सुनियो ।' उनले भने ।
प्रतिक्रिया