ओली पक्ष र नेपाल पक्ष भए एक ढिक्का, बहुमतले पारित भयो नीति तथा कार्यक्रम

४ बर्ष अगाडि

काठमाडौं - बागमती प्रदेश प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । 

डोरमणि पौडेल नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज बागमती प्रदेशसभाबाट बहुमतले पारित भएको हो ।

बागमती प्रदेश नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र नेता माधवकुमार नेपाल एमाले एक ढिक्का भएर नीति तथा कार्यक्रम बहुमतले पारित गरेका हुन् ।

आज बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल र नेपाली पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले नीति तथा कार्यक्रम पारित गराउन सांसदहरुलाई संयुक्त रुपमा निर्देशन दिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया