ताप्लेजुङ - आर्थिक वर्ष समाप्त हुन १ महिना बाँकी छँदै ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले लक्ष्यभन्दा १३ लाख २६ हजार रुपैयाँ बढी रकम आन्तरिक राजस्व उठाउन सफल भएको छ ।
गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ मा १९ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकामा ३३ लाख १ हजार ४ सय ३४ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ, जुन लक्ष्यभन्दा १३ लाख २६ हजार ४ सय ३४ रुपैयाँ बढी हो ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ अनुसार आन्तरिक आम्दानीको विवरण सार्वजनिक गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार गाउँ कार्यपालिकाको कार्यालय सान्थाक्राले १० लाख १७ हजार ३० रुपैयाँ राजस्व संकलन गरेको छ ।
गाउँपालिकाले ३ लाख ७१ हजार ५ सय ५१ रुपैयाँ बेरुजु असुलेको छ । ८ लाख १३ हजार ६ सय रुपैयाँ ढुंगा, गिटी, बालुवा ठेक्काबापत गाउँ कार्यपालिकाले राजस्व असुल गरेको हो ।
प्रतिक्रिया