जम्मु कश्मिरमा फेरी आतंकवादी आक्रमण, २ प्रहरीसहित ४ को मृत्यु

५ बर्ष अगाडि

एजेन्सी - जम्मु कश्मिरको बारामुलामा फेरी प्रहरी र सिआरपिएफको टोलीमाथि आतंकवादीको आक्रमण भएको छ । आक्रमणमा परी २ जना प्रहरी र २ जना सर्वसाधारण मारिएका छन् । 

सोपोरमा आतंकवादी टिमले प्रहरीमाथि गोली चलाएको बताइएको छ । यस क्षेत्रलाई घेराबन्दी गरेर सर्च अपरेशन चलाइएको बताइएको छ ।

यसअघि मार्चमा पनि लश्कर ए तैयबाका आत।कवादीले पुलिस टिममाथि आक्रमण गरेका थिए । आक्रमण श्रीनगरको बाहिरी क्षेत्र लवेपोरामा भएको थियो । आक्रमणमा २ प्रहरी जवान मारिएका थिए । 

३ जना जवान घाइते भएकोमा १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया