निषेधाज्ञा खुकुलो बनाउन माग

५ बर्ष अगाडि

काठमाडौं - नाडा अटोमोबाइल्स एशोसिएशनले लकडाउनलाई खुकुलो बनाउँदै लैजान सरकारसँग आग्रह गरेको छ । 

सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजान नाडाले अपिल गरेको हो । 

नाडाले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरूको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्ने पनि माग गरेको छ ।

विज्ञप्ति

सरकारले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरूको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने हाम्रो धारणा छ । थपिँदो लकडाउन अवधिका कारण अव जनता स्वयं नै आफनो दु:ख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुदै गएको र यस्तो संभावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ । यस्तो विकट स्थिति आउनु अघि नै सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजान लागि हामी सरकारसंग हार्दिक अपिल गर्दछौ ।

(सुनिल रिजाल)
   महासचिव

५ बर्ष अगाडि

प्रतिक्रिया