कोरोना भाइरसका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग अक्टोबर बाट सुरु हुने भएको छ ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आइपीएल १४ औं संस्करणका बाँकी रहेका खेल अक्टोबर १५ बाट गर्ने निर्णय गरेको हो।
बीसीसीआईले यसअघि सेप्टेम्बरको यूएईमा सञ्चालन गर्ने भनिएको प्रतियोगीता यूएईको गर्मीबाट छल्नका लागि अक्टोबरमा सारेको हो ।
यसअघि प्रतियोगिता सेप्टेम्बर १९ बाट गर्ने तालिका रहेको थियो । तर अहिले अक्टोबर १५ बाट गरिने बताइएको छ ।
यसमा बीसीसीआईले १० वटा डबल हेडर खेल गर्ने योजना बनाएको थियो । तर सेप्टेम्बरको तेस्रो र चौथो सातामा १० वटा खेल साँझको समयमा राखिएको थियो । तर खेलाडीलाई निकै कठिन हुने भएकाले पनि त्यो नगर्ने योजनामा बीसीसीआई पुगेको हो ।
प्रतियोगिता गत मे ४ मा रोकिएको थियो। आईपीएलमा अब ३१ खेल बाँकी रहेका छन्।
प्रतिक्रिया