काठमाडौं - पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई प्रदेश २ सरकारले एक लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराउने भएको छ ।
प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रामसरोज यादवले मृतकका परिवारलाई अस्पतालमै गएर भेटघाट गरेका छन् । मृतकका परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन् ।
धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको थियो ।
पोखरीमा डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चान्दनी ठाकुर, १२ वर्षीया ललीता साह तेली रहेको प्रहरीले जनाएको छ ।
पाँचै जनाको शव अहिले पोष्टमार्टमका लागि जनकपुरधास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया