एजेन्सी - इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको छ । संयुक्त राष्ट्रसंघका अनुसार टिग्रेमा अहिले अनिकाल रहेको छ ।
तीमध्ये करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी पनि दिइएको छ । संयुक्त राष्ट्रसंघ र सहायता समूहहरुको अध्ययनको आधारमा यो चेतावनी दिइएको हो ।
बालबालिकाको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघको संस्था युनिसेफका अनुसार टिग्रेमा खानेकुराको अभावका कारण विनासकोे स्थिति आइलागेको छ ।
ठूलो संख्याका बालबालिका भोकमरीको चपेटामा पर्न सक्ने आँकलन गरिएको छ । युनिसेफले टिग्रे क्षेत्रमा मानवीय सहायता पुर्याउन अपीलसमेत गरेको छ ।
यद्यपि इथियोपियाले भने संयुक्त राष्ट्रसंघबाट भएको अध्ययनको आधारमा निकालिएको यो निष्कर्षप्रति असहमति जनाएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया