काठमाडौं - ग्लोकल टीन हीरो नेपाल, २०२१ सातौँ संस्करणका लागि आवेदन खुलेको छ । गत वर्षझैँ यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१ मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिनेछ ।
शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अनलाइन नै सञ्चालन हुनेछ ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान् किशोर किशोरीहरूले https://nepal.glocalteenhero.com/ मार्फत निशुल्क आवेदन भर्न सक्नेछन् ।
पहिलो चरणमा कुल आवेदनहरूलाई अन्तरवार्ता र दस्ताबेज समिक्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिनेछ । त्यसपछि उनीहरूको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तरर्बाता हुनेछ र २०२१ को विजेता घोषणा गरिनेछ ।
अन्तिम स्क्रीनिंग र साक्षात्कार अनलाइन मार्फत हुनेछ र निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक, विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष, सौरभ ज्योति रहनेछन् ।
प्रतिक्रिया