आन्तरिक हवाई उडान असार १ गतेबाट पुनः सञ्चालनमा आउला ?

५ बर्ष अगाडि

वायुसेवा सञ्चालक सङ्घ, नेपालले कोरोनाभाइरस सङ्क्रमण घट्न थालेको भन्दै आन्तरिक उडानहरू खोल्नुपर्ने माग गरेको छ।

सङ्घले विभागीय मन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा आउँदो असार १ गतेबाट आन्तरिक हवाई उडानहरू पुनः सञ्चालनमा ल्याउन आग्रह गरिएको छ।

आन्तरिक उडान खुला गर्नुपर्ने मागबारे आफूहरू पनि सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू बताउँछन्।

नेपालमा कोभिड महामारीको दोस्रो लहरबीच सङ्क्रमण उच्च दरमा बढ्न थालेपछि गत वैशाख तेस्रो सातादेखि आन्तरिक हवाई उडानहरू पनि बन्द छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सङ्क्रमण नियन्त्रण तथा रोकथामका निम्ति कडाइ गर्ने भन्दै मन्त्रिपरिषद्‌ले आन्तरिक उडानहरू स्थगित गर्ने निर्णय गरेयता उद्धार तथा कार्गो सेवाका लागि मात्रै सीमित उडानहरू हुँदै आएका छन्।

त्यसयता नेपाल सरकारले टर्की, कतार र चीनका लागि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने निर्णय गरे पनि चीनको हकमा सञ्चालनमा आउन बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

टर्की र कतारसँग सातामा एक–एकवटा उडान भइरहेको छ भने त्यसभन्दा पहिलेदेखि काठमाण्डू(दिल्लीबीच पनि एक–एकवटा उडान हुँदै आएको छ। बिबिसि 

५ बर्ष अगाडि

प्रतिक्रिया