नेकपा एमालेका नेता योगेश भट्टराईले वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल माफि माग्न आग्रह गरेका छन् ।
वैद्यको नाथुराम गोड्से बन्ने बिबादास्पद अभिव्यक्ति सार्वजनिक भएलगत्तै भट्टराईले उनलाई तत्काल दशवटा तर्क नगरी माफ माग्न आग्रह गरेका छन् ।भट्टराईले फेसबुकमा भनेका छन्,’ वाग्मती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।’
प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रबारेको बहसमा वैद्यले छलफल भन्दा बाहिरको विषयवस्तुको उठान गर्दै कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति दिएका थिए ।
सांसद वैद्यले प्रधानमन्त्रीले आफ्नो सत्ता बचाउनका निम्ति विभिन्न किसिमको हतकण्डा अपनाइरहेको भन्दै नेपालको अहिलेको परिपेक्षमा नाथुराम गोड्से बन्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया