ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । शाहीको समूहमाथि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।
समस्यामा परेकाहरुलाई सहयोग गर्न देशका बिभिन्न जिल्लामा पुग्दै आए शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।
घटनामा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ ।आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताएका छन् ।
प्रतिक्रिया