स्नातक तह परीक्षाको बाँकी नतिजा यसै साताभित्र प्रकाशन हुने भएको छ। त्रिभुबन विश्वविद्यालयको स्नातक तहको मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फको नतिजा प्रकाशित हुने भएको हो ।
अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।
शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिए । उत्तरपुस्तिका परीक्षण सकिएको र उपत्यका बाहिरबाट उत्तरपुस्तिका आउने क्रममा रहेको उनले जानकारी दिए । उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले अब केही दिनमा नतिजा प्रकाशन गरिने उनको भनाइ छ ।
बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा पाल टाँगेर भए पनि प्राध्यापकलाई काम पूरा गरिदिन आग्रह गरिएको छ । कोरोना भाइरस महामारीका कारण विश्वविद्यालयका प्राध्यापकहरू डराएकाले परीक्षण कार्य केही दिन बिलम्ब भएको उनले बताए ।
प्रतिक्रिया