मिस वर्ल्ड २०१८ : हेड टु हेड च्यालेञ्जमा पराजित भइन् श्रृंखला

७ बर्ष अगाडि

मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी भइरहेकी छिन् । हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने पराजित भएकी छिन् । 

उनी मिस सिंगापुरसँग पराजित भएकी हुन् । दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् । 

उनी यो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् । तर अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया