गणेश लामा रिहा

५ बर्ष अगाडि

पोखराको लेकसाइड स्थित एक होटलबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामा रिहा भएका छन् । कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले लामासहित तीन जनालाई रिहा गर्न आदेश दिएका हुन् । प्रजिअ गौतमको आदेशसँगै लामासहित पक्राउ परेका नेता चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा भएका छन् । प्रहरीले उनलाई लकडाउन उल्लंघन गर्दै पोखरा आएको आरोपमा बिहीबार लेकसाइड स्थित एक होटलबाट पक्राउ गरेको थियो ।

पक्राउ गरेका तीनै जनालाई वडा प्रहरी कार्यालय बैदाममा राखेको थियो । राजनीतिक चलखेलका लागि पोखरा आएको आशंका गरिएका लामासहित तीन जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीले छाड्न आदेश दिएपछि रिहा गरिएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले  जानकारी दिए ।


उनीहरुको रिहाइका लागि प्रशासन कार्यालय पुगेका ढकालले लामासहित तीन जना नै विनाशर्त रिहा गरिएको बताए । लामालाई बिनाकारण पक्राउ गरेको भन्दै कास्की काँग्रेस र उसका भातृ संस्थाहरुले विज्ञप्ति जारी गर्दै प्रहरी ज्यादती विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । लामा नेपाली काँग्रेसका नेता समेत हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया